६ वर्षपछि राष्ट्रिय टिममा फर्किए करिम बेन्जामा

रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जामा फ्रान्सको राष्ट्रिय टोलीमा छनोट भएका छन् । झन्डै ६ वर्षपछि बेन्जामालाई फ्रान्सले टोलीले फिर्ता बोलाएको हो ।

उनी यसै वर्ष हुने युरोपेली च्याम्पियनसिपको २६ सदस्यीय टोलीमा छनोट भएका हुन् । आफ्नै सहकर्मीमाथि भएको ब्ल्याकमेल प्रयासमा नाम जोडिएपछि २०१५ मा बेन्जामा विवादमा मुछिएका थिए । त्यसयता, उनी राष्ट्रिय टोलीबाट बाहिर छन् ।

युरो २०१६ र विश्वकप २०१८ मा बेन्जामा टोलीमा समावेश थिएनन् । जनवरी २०२१ मा फ्रान्सका सरकारी अभियोजनकर्ताहरुले बेन्जामाले सुनुवाई समना गर्नुपर्ने बताएका थिए ।

मिडफिल्ड माथियु भाल्वुयनासँग पैसा असुल्ने प्रयोजनमा अन्य व्यक्तिहरुलाई पैसा तिरेर प्रयोग गरेको आरोप उनीमाथि छ । २०१५ मा ती व्यक्तिहरुले भाल्वुयनाको सेक्स टेप सार्वजनिक गर्ने धम्की थिएका थिए । यद्यपी, बेन्जामाले आरोप अस्विकार गर्दै आएका छन् । प्रहरी अधिकारीले गैर इमानदार पद्धती अपनाएर आफुलाई यस्तो अवस्था फसाएको उनले बताए ।

बेन्जामालाई टोलीमा छनोट गरेका फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले भने,‘अति महत्वपूर्ण कुरा आज र भोली हो । यहाँ महत्वपूर्ण कदमहरु थिए । हामीले एकअर्कालाई हे¥यौं । धेरै बहस ग¥यौं । यहाँको निर्णयसम्म आइपुग्न हामीलाई लामो समय लाग्यो । हामीबीच सरोकार राख्ने ती बहसको खुलासा म गर्न चाहन्न ।’

टोट्टेनह्यामका हुगो लोरिस र मोउसा सिसोको, एर्भटनका लुकास डिग्ने, चेल्सीका कुर्ट जोउमा, ओलिभर जिराउड र एनगोलो कान्टे तथा म्यानचेस्टर युनाइटेडका पाउल पोग्बालगायत नियमित सदस्यहरु यसपटक पनि टोलीमा परेका छन् ।

बेन्जामाले फ्रान्सका लागि ८१ खेल खेल्दै २७ गोल गरेका छन् ।