सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते

५ जेठ, बुटवल । नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।
प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् ।

आज बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले जानकारी गराएका छन् ।

प्रहरीले गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको स्थानीयले बताएका छन् ।