कोरोना संक्रमणबाट रुपन्देहीमा थप ८ जनाको मृत्यु

५ जेठ,बुटवल । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् ।

बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको आज बिहान ६ः५८ मा मृत्यु भएको हो ।

यस्तै हिजो इमर्जेन्सीमै भर्ना भएका ओमसतिया गाउँपालिका रुपन्देहीका ४७ वर्षिय पुरुषको आज बिहान ५ः३० बजे मृत्यु भएको हो ।

यस्तै तिनाउ गाउँपालिका–६ पाल्पाकी ६० वर्षीया महिलाको हिजो साँझ ४ः२० बजे, बुटवल–१३ का ५२ वर्षिय पुरुषको हिजो साँझ ७ः१० बजे र बुटवल– ७ का ६० वर्षीय पुरुषको आज बिहान ७ः३० बजे बुटवल धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

रुपन्देहीका ५७ वर्षीय पुरुषको मंगलबार राति १२ः४० बजे, रामग्राम–६ नवलपरासीका ४६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार बिहान १ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले बताए ।