फ्रान्सद्धारा युरोकप खेल्ने टिम घोषणा

५ जेठ, काठमाडौं । फ्रान्सले युरोकप खेल्ने टिम घोषणा गरेको छ । घोषणा कार्यक्रममा फरवार्ड खेलाडी करिम बेन्जामालाई समेटेको छ । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसले युरोकपका लागि २६ सदस्यीय टोली घोषणा गर्दा बेन्जामाले पुनरागमन गरेका हुन् ।

२०१५ नोभेम्बरमा सेक्स स्क्यान्डलमा फसेपछि उनलाई टिमबाट हटाइएको थियो । त्यसैको कारण बेन्जामा सन् २०१६ मा घरेलु मैदानमा भएको युरोकपमा टिममा परेका थिएनन् । उनी २०१८ को विश्वकपमा पनि टिममा पर्न असफल भएका थिए ।

बेन्जामासँगै फ्रेन्च टिममा ८ फरवार्ड छन् । यस्तै ३ गोलकिपर ९ डिफेण्डर र ६ मिडफिल्डर टिममा छन् । २२ वर्षीय डिफेण्डर युल्स कोण्डे पनि टिममा परेका छन् ।
सन् २०१८ मा विश्वकप जित्दाको १४ खेलाडी अहिले फ्रेन्च टिममा रहेका छन् ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ ।

२६ सदस्यीय फ्रान्सेली टिम

गोलकिपर : ह्युगो लोरिस, स्टिभ मनडान्डा, माइक माइनान

डिफेण्डर :  लुकास डिग्ने, लिओ डुबोइस, लुकास हर्नान्डेज, प्रसनेल किमपेम्बे, युल्स कोन्डे, क्लेमेन्ट लेङगलेट, बेन्जामिन पाभार्ड, राफेल भरान, कोर्ट जुमा

मिडफिल्डर : ए गोलो कान्टे, थोमस लेमार, पाउल पोग्वा, एड्रिएन राबिओट, माउसा सिसोको, कोरेन्टिन टोलिसो

फरवार्ड : विसम बेन येडर, करिम बेन्जामा, किंग्सले कोमन, उसमान डेम्बेले, ओलिभर जिरुड, एन्टोनी ग्रीजमन, किलियन एमबाप्पे, मार्कुस थुराम