दाउन्नेमा बस दुर्घटना ४ जनाको मृत्यु,४९ जना घाइते

५ जेठ, बुटवल । कोरोना संक्रमणका कारण मृत्यु हुने संक्रमणले त्रास भइरहेको बेला पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको हो ।

डीएसपी राजु लामाका अनुसार मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेहरुको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताल लगायतका स्थानमा उपचार भइरहेको डीएसपी लामाले जानकारी दिए । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।