सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढ्यो

३ वैशाख, काठमाडौं । हिजो आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक आज सोमबार २०.७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक दुई दिन लगातार दोहोरो अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार रकम पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य सोमबार बढेको छ । आईपीओ सूचीकृत भएसँगै लगातार बढिरहेको रुरु जलविद्यतु कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेर प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ ।

समता घरेलु लघुवित्त तथा राधी जलविद्युतसहित ११ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।