नमस्ते नेपाल

कविता

नेपाल आमा,
जुन र ताराको बस्तीबाट एक्कासी ब्यूँझेर,
सूर्याेदयको आगमन पूर्व नै रक्तिम बनेका क्षितिजहरूबाट चिहाउँदै
आफ्ना प्यारा सन्तानहरूको लुछाचुडिको खेल हेर
नेपाल आमा जीत हार र पक्ष विपक्षको शंखघोष
उफ ।
लडाइका भीषण क्रन्दनभित्र
आफ्ना सन्तानको तोतेबोली खोज्दै
एउटै मुटुलाई पनि केही बहुमत र अल्पमतमा
विभाजन गरेर
माया ममता र जीतहरूलाई तराजुमा जोखेर
नेपाल आमा आफैसँग शान्ति

विजयको भीक माग्दैछिन्
सरकारसित
कोरनासित ।
                                           पूर्ण एमए, एमएड