कालिकोटमा लकडाउन सगै बत्ति र इन्टरनेट सेवा अबरुद्द

२१ वैशाख, कालिकोट । कालिकोटमा कोरोना संक्रमणलाई रोकथामका लागि कालिकोट जिल्ला प्रशासने लकडाउन गरेसंगै इन्टरनेट सेवा पनि अवरूद्व भएको छ । अवरुछ इन्टरनेट सेवा सुचारू हुन एक हप्ता लाग्ने बताइएको छ ।

नेपाल टेलिकम वितरणा शाखा कालिकोटका प्रमुख प्रेम विष्टका अनुसार ४ न् सेवा संचालन गर्ने सामाग्रिमा खराबी आउदा सेवा अवरुद्ध भएको बताएका छन ।

सामान क्षेत्रिय कार्यालयबाट मगाएका छौँ । लकडाउनका कारणले ढिलाई भएको छ । एक हप्तामा मर्मत गरेर भएपनि सेवा सुचारू गर्ने बताएका छन ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि शैक्षिक संस्थान बन्द छन् । ईन्टरनेटबाट अनलाईन कलास लिने बिद्यार्थीहरू बढिनै समस्यामा परेको जिल्ला बासिले गुनासो गरेका
छन । लकडाउन मा कालिकोटको जेनेरेटरबाट संचालनमा आएको बत्ती पनि अवरुद्ध भएको छ ।

जेनेरेटरमा खराबि आउदा बत्ती दिन नसकिएको जिल्ला विधुत वितरण कार्यालयले जनाएको
छ ।
जेनेरेटर मर्मत गरेर आज बेलुकी सम्ममा बत्ती दिन सक्ने कार्यालय प्रमुख मेघराज जोशिले जानकारी दिए ।

लकडाउन संगै बत्ती र ईन्टरनेट सेवाबाट बन्देज हुदा, बिद्यार्थीहरू समस्यामा परेका छन् ।