सुन तोलामा नौ सय रुपैयां बढ्यो

१८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्ने र घट्ने क्रममा आज तोलामा नौ सय रुपैयाँले बढेको छ । हिजो तोलामा चार सयले घटेर ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

आजका लागि तेजावी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
बुधबार तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि १२ सय १० रुपैयाँ तोकिएको छ ।