कास्कीमा नेपाल समूहको छुट्टै जिल्ला कमिटी

१९ चैत्र, पोखरा । नेकपा एमालेको बिवाद जिल्ला जिल्लामा समेत पुगेको छ । गण्डकी प्रदेशको राजधानी कास्कीमा नेता माधवकुमार नेपाल समूहले छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ ।

पोखरामा आज बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेको नेता नेपाल समूहले बताएको छ ।