Breaking News

सरकारलाई दिएको समर्थन अझै केही दिन राक्छौ नेकपा माओवादी केन्द्र

१९ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रको हिजो र आज बसेको स्थायी कमिटीको बैठकले निर्णय गर्दै सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ ।

आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको नेताहरुले बताएका छन् ।

अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिक रुपमा पत्र लेख्न मात्र बाँकी हो’ उनले भने, ‘हामी सबै राजनीतिक पार्टीहरुलाई आ–आफ्नो कुरा प्रष्ट ल्याउन आग्रह गर्छौं ।
पत्रकारहरुको प्रश्नमा केपी ओलीकै सरकारमा जानु छ, समर्थन छ भने गरे हुन्छ ।

माओवादी नेता श्रेष्ठले भने, ‘हाम्रो लाइन प्रष्ट छ, केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न चाहन्छौं र संसदलाई पूरा अवधि क्रियाशील बनाउन चाहन्छौं ।