१ चैत,कास्की । म्याग्दी बहुमुखी क्याम्पस बेनीमा अध्ययनरत प्रतीक्षा केसी राष्ट्रिय स्तरको लेखन प्रतियोगितामा छनोट भएकी छिन् । गएको फागुन २८ गते गण्डकी प्रदेशको राजधानी पोखरामा गण्डकी प्रदेश सरकार र राष्ट्रिय यूवा परिषदले संयुक्तरुपमा आयोजना गरेको ‘समृद्धिका लागि यूवा सोच’ विषयक लेखन प्रतियोगितामा उनी तेस्रो बन्दै राष्ट्रिय स्तरको लेखन प्रतियोगितामा समेत छानिएकी छन् ।
प्रतीक्षा केसी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, भगवती घर भई हाल म्याग्दी क्याम्पसमा बि.एड. चौथो वर्षमा पढ्दै गरेकी उनी यसअघि म्याग्दीको मङ्गला गाउँपालिकाले आयोजना गरेको जिल्ला स्तरीय लेखन प्रतियोगितामा समेत प्रथम भएकी थिईन् ।
गण्डकी प्रदेशस्तरीय लेखन प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कँवरले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा महाशाखा प्रमुख तेजप्रसाद काफ्ले, कार्यक्रमका सहजकर्ता चन्द्रकुमारी थापालगायतको सहभागिता रहेको थियो ।
खुशी व्यक्त गर्दै केसीले भनिन्, जिल्ला र प्रदेशमा प्राप्त गरेको नतिजाले मेरो आत्मविश्वास बढाएको छ,” राष्ट्रिय स्तरको लेखनमा छानिएकोमा “शिक्षकहरुको सहयोग र आफन्तको सहि मार्गनिर्देशनले नै मलाई यहाँसम्म ल्याएको हो ।”
वि.सं. २०४८ मा समुदाय स्तरबाट स्थापना भएको म्याग्दी बुहुमुखी क्याम्पसमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पठनपाठन हुँदै आएको छ