१ चैत, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गर्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।
केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्डसहित खनाल र नेपालसँग कुराकानी गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । सात प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरुले बिफ्रिङ गरेपछि बैठक स्थगित गर्दै प्रचण्ड कोटेश्वर निस्किएका हुन् ।
सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताई दिएपछि प्रचण्ड र खनाल–नेपाल अलग भएका छन् । खनाल र नेपाल एमालेमै बसेका छन् भने प्रचण्डले माओवादी केन्द्रको गतिविधि अगाडि बढाएका छन् ।