बम विस्फोट हुंदा ५ घाइते १ गम्भीर

१ चैत, काठमाडौं । सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ५ जना घाइते भएका छन भने एक जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिएका छन् ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । अझै विस्फोट गराउनेको पहिचान खुलेको छैन ।