कोरोना भाइरसको त्रासबाट लकडाउने वित्तिय सेवा लगायत आवजजावतमा प्रभाव

कदर समाचार
चैत्र १९, काठमाडौं । कोरोना भाईरस फैलिन नदिन र यसबाट हुनसक्ने सम्भावित संक्रमण रोक्न नेपाल सरकारले थप एक साता लकडाउन गरेको अवस्थामा विभिन्न सेवाहरु लगायत दैनिक आवतजावतमा समेत निकै प्रभाव परेको छ ।
यस्तो अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नगद कारोबार र अत्यावश्यक सेवाबाहेक अन्य भुक्तानी कारोबारहरुको लागि उपलब्ध डिजिटल माध्यममार्फत् कारोबार गर्न ग्राहकहरुलाई सूचित गर्दै आएका छन् ।
यसका लागि बैंकका कार्ड, मोबाईल बैङ्किङ, ईन्टरनेट बैङ्किङ, कनेक्ट आइपीएस जस्ता डिजिटल माध्यममार्फत् ग्राहकले आफ्नै घरमै बसेर कारोबार गर्नसक्ने अवस्था रहेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले पनि आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका ग्राहकहरुलाई असर नपर्नेगरी भुक्तानी कारोबारहरु समयमै राफसाफ गर्ने उद्देश्यका साथ आफ्नो एनसीएचएल इसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस तथा एनपीआई लगायतका सम्पूर्ण भुक्तानी प्रणालीहरु नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको समन्वयमा सुचारु नै राखेको छ ।
चैत्र ११ गतेबाट सुरु भएको लकडाउनको समयावधिमा एनसीएचएलका विभिन्न प्रणालीमार्फत् १८.५ अर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ भएको हाउसले जानकारी दिएको छ ।
हाउसले दिएको जानकारी अनुसार यसको कनेक्ट आरटीजीएस प्रणालीमार्फत् नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणालीमा थप २१ अर्ब बराबरको भुक्तानी कारोबार राफसाफ भएको छ ।
उक्त्त अवधिमा भुक्तानी कारोबारको संख्या घटेको भएतापनि नेपाल सरकार लगायत विभिन्न संघ संस्था, तलब भुक्तानी, रेमिट्यान्स, फण्ड ट्रान्सफर जस्ता अत्यावश्यक कारोबारहरुका लागि उक्त सिस्टमहरु विशेष प्रयोगमा आएका छन् ।
साथै, एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेसमा जोडिएका कर्पोरेट्स्, रेमिट्यान्स कम्पनी, डिजिटल वालेट लगायतका संस्थाहरुले आफ्नो भुक्तानी कारोबारहरु स्वचालित तरिकाले नै राफसाफ गरिरहेका छन् ।
हालको अवस्थालाई ध्यानमा राखी सर्वसाधारण तथा बैंकका कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका निम्ति भने एनसीएचएल–ईसीसी र एनसीएचएल आईपीएस का क्लियरिङ र सेटेल्मेन्टको समय सीमा भने केही परिवर्तन गरी घटाइएको छ । एनसीएचएल–ईसीसीमा दिनको १२ बजेसम्म पेश गरिएका चेकहरु तथा एनसीएचएल–आईपीएस मा दिनको ११.३० बजेसम्म पेश गरिएका भुक्तानी कारोबारहरु सोही दिनको १ बजेसम्म राफसाफ हुने र यी समय सीमापछि पेश गरिएका चेक तथा भुक्तानी कारोबारु भने पछिल्लो दिन राफसाफ हुने अस्थायी व्यवस्था गरिएको छ ।
कनेक्ट आईपीएस ई(पेमेन्ट प्रणाली मार्फत् भने चौबिसै घण्टा कारोबार गर्न सकिने व्यवस्था यथावत नै रहेको छ । एनसीएचएल–ईसीसीमा प्रति चेक ३० करोडसम्मको भुक्तानी कारोबार तथा एनसीएचएल–आईपीएस मार्फत् २० करोडसम्मको अन्तरबैंक भुक्तानी गर्न सकिने व्यवस्था रहेको
छ ।
एनसीएएल(आइपीएस भुक्तानी आदेशको आधारमा तलब, रेमिट्यान्स, कस्टमर ट्रान्स्फर पार्टी र सप्लायर पेमेन्ट लगायतका कारोबारहरु गर्न सकिने अन्तरबैंक भुक्तानी प्रणाली हो ।
हाल बी टू बी, बी टू सी, जी टू बी जस्ता कारोबारहरु मुख्य दुई एनसीएचएल–आइपीएसबाट हुँदै अएका छन्, जसको लागि सम्बन्धित भुक्तानीकर्ताले आफ्नो बैंकलाई भुक्तानी आदेश दिनुपर्नेहुन्छ र बैंकले सोही आदेशको आधारमा कारोबार
गर्दछ ।
कनेक्ट आइपीएस इ–पेमेन्ट भने सेवाग्राही आफैंले कनेक्ट आइपीएसइ पेमेन्ट डटकम अथवा यसको मोबाइल एप तथा सदस्य बैंक वित्तीय संस्थाको मोबाईलरईन्टरनेट बैङ्किङमार्फत् सोझै आफ्नो बैंक खाताबाट रियल टाइम फण्ड ट्रान्सफर तथा विभिन्न प्रकारका भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले प्रवर्द्धन गरिएको एनसीएचएलले नेपालमा विभिन्न भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ । यसमा सबैजसो बैंक वित्तीय संस्थाहरु लगायत ३० वटा गैर बैङ्किङ संस्थाहरु सदस्यका रुपमा आवद्ध रहेका
छन् ।