Breaking News

प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवस : विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदै

काठमाडौँ । प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदै छ । प्रेस सेन्टरको केन्द्रीय समितिको आयोजनामा आज बिहान काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको थियो ।

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष जुगल सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।