Breaking News

आन्दोलनकारीलाई छल्दै दौडेको मोटरसाईकलले ठक्कदर दिंदा एक बालक घाइते

२२ माघ, सुर्खेत । आन्दोलनकारीबाट बच्नका लागि दौडिएको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । माधव–प्रचण्ड समूहले गरेको आमहड्तालको क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित सत्कार होटल अगाडि मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका हुन् ।

आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो भने बालकको नाम, ठेगाना खुल्न सकेको
छैन । प्रहरीका अनुसार बालकको प्रदेश अस्पताल काला गाउँमा उपचार भैरहेको छ ।