कोरोना भाइरस ः वनको बाघभन्दा मनको बाघ झनै खतरनाक

कदर समाचार
चैत्र १७, काठमाण्डौं । कोरोनाभाइरसको महामारी नेपालमा देखिएको प्रमाणित नहु“दै त बजारको बेहाल छ, ग्या“सको ‘कृत्रिम महासंकट’ जनताले भोगिरहेका छन् । बजारमा उपभोग्य बस्तुको मुल्यले आकाश छुन थालेको छ र कुनै पनि बेला कृत्रिम संकट पैदा गराउने चलखेल पनि हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । त्यसैले यो बेलामा सीमित जनशक्तिको बहानामा बजार अनुगमनमा तीघ्रा कमाउने छुट सरकारले पाउन सक्दैन । त्यसका लागि शान्ति सुरक्षाको जिम्मा लिएको, जनशक्तिको अभाव भोगिरहेको र सबैभन्दा मुख्या कुरा राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको प्रहरी शक्ति परिचालन गरेर कृत्रिम अभाव र कालाबजारी नियन्त्रण गर्ने कुरा फोस्रा साबित हुन सक्छन् । त्यसैले यो स्थितिमा तत्कालै एउटा बलियो टास्क फोर्स बनाएर आवश्यक परेको खण्डमा सशस्त्र प्रहरी वा सेना समेतको समेत मद्दत लिएर बजारको कडाइका साथ अनुगमन र मुनाफाखोर, कालाबजारीहरुलाई कठघरामा उभ्याउनेतिर पनि सरकारले ठोस कदम चाल्नु जरुरी छ । कृत्रिम अभाव गर्ने र काला बजारी गर्नेहरुलाई भविष्यमा समेत सबैले चेत्ने गरी दण्डित गर्न अहिलेका विद्यमान कानुनहरुका चोरबाटाहरु थुन्नुपर्ने छ भने सरकारले नीतिगत निर्णय गरेर यो कार्य गर्न पनि पछि हट्नु हुदैन ।
कोरोनाभाइरसका विरुद्ध कुनै औषधी वा खोप बनिनसकेको र यो विरुद्ध लड्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै यस संक्रमणका बारेमा सही र वस्तुनिष्ठ जानकारीको प्रचारप्रसार पनि हो । कोरोनाभाइरसका बारेमा आलाका“चा, अधकल्चो र भ्रामक जानकारीरुको बाढीले जनतालाई आतंकित बनाउने खतरास“ग लड्नका लागि पनि सरकारले रणनीति बनाउनु जरुरी छ । यस सन्दर्भमा यो भाइरसको बारेमा आम जनताले बुझ्ने गरी विज्ञहरुबाट तयार पारिएका सही सुचना एवं जानकारी दिने खालका सामग्रीहरु आम जनताका माझ निरन्तर प्रचारप्रसार गर्ने व्यवस्था समेत गरिनु आवश्यक भइसकेको छ । यसका लागि सरकारले नेपाल अधिराज्यभरिका आमसञ्चारका माध्यमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनहरुलाई समेत आव्हान गरेर परिचालन गर्न‘ उचित हुन सक्दछ । हरेक संकटहरु संकट वा चुनौती मात्र हैनन्, जिम्मेवारी बोकेकाहरुले आफुलाई सक्षम र भरोसायोग्य साबित गर्ने एउटा अवसर पनि हो । कोरोनाभाइरस महामारी रुपमा महासंकटले संघारैमा आएर ढोका ढक्ढकाइरहेको अहिलेको बेलामा सत्ताको सिंहासनमा आसिन दुई तिहाईको सरकारले आफुलाई कसरी अघि बढाउ“छ र विकट स्थितिबाट मुलुकलाई पार लगाउ“छ, त्यसले उसको दक्षता, क्षमता र जिम्मेवारी बोधको परीक्षण हुनेछ भन्दा शायद अतिशयोक्ति नहोला । हामीले केही दिनअघि पनि भनेका थियौं र फेरि पनि भन्दैछौं सरकार कोरोना भाइरसका विरुद्ध लड्नका लागि पर्ख र हेरको नीति अब काम लाग्दैन, तुरुन्तै आक्रामक नीति अख्तियार गर्नु ढिला भइसक्यो ।