Breaking News

संसदको दुवै सदनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने

हिजो राती बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको जानकारी दिए।

उनका अनुसार राष्ट्रपति पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्।

तर, मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेल के विषयमा संसदमा सम्बोधन गर्ने भन्ने भने स्पष्ट पारेको छैन ।