मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी निर्वाचित भएकी छन्।
सोमबार भएको चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
राष्ट्रिय सम्मेलनले फाउन्डेसनको सचिवमा हस्त पण्डित र मीना भण्डारी कोषाध्यक्ष निर्वाचित गरेको छ।
राष्ट्रिय सम्मेलनबाट डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा.डा. प्रेमसागर चापागाईं, प्रा.डा. ध्रुवबहादुर कार्की, प्रा.डा. नन्दबहादुर सिंह, कुन्दन अर्याल, महेन्द्र विष्ट, भेषराज अधिकारी, प्रा.डा. बद्रिविशाल पोखरेल, विमला राई पौडेल, कैलाश भण्डारी, रामशरण प्याकुरेल, डा. कालुसिंह खत्री, मिलन धरेल केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
त्यस्तै अमरध्वज लामा, कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाकोटी, रामप्रसाद न्यौपाने, अमनकुमार मास्के, चिन्तन पाठक विनय केसी, अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, सुरेश तिवारी, बलबहादुर आचार्य केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
थप १४ जना केन्द्रीय सदस्य पछि मनोनीत गरिने फाउन्डेसनले जानकारी दिएको छ।
२०५० साल जेठ ३ गते तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा निधन भएपछि २०५५ सालमा फाउन्डेसनको स्थापना भएको हो।

