Breaking News

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक

१६ वैशाख, काठमाडौं । शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । हिजो सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।

वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुनः बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।

आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
सहमति नजिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ ।

शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।