म रोए पनि

कविता

म रोए पनि मेरो निम्ति आँसु नझारिदिनु
म शोकमा डुबेपनि तिमी नसुताइदिनु
मेरो जिन्दगी नै बेहाल छ
दुःखै दुःखको आहाल छ !
बुझ्नेहरु नै बुझ पचाउँछन्
चिन्नेहरु नै आँखा तर्साउँछन्
भैगो मलाई जान्न नखोजे हुन्छ
मेरो हाल पनि नसोधे हुन्छ !
सबै आफ्ना पराई भए
केही पराई आफ्ना भए !
यो बदलिने मौसमको के काम छ
छिनमै घाम अनि छिनमै पानी छ !
हिजो जो थियो, आज अर्के भयो
यस्तै संसारको चलन छ
यस्तै बेमौसमी प्रचलन छ
हुने खानेकै जीवन रहेछ !
दुःखीहरुको त के छ र भाउ
सिंङ्गो जीवन सधैं जूवाको दाउ !