स्वर्गीय राजा वीरेन्द्रले चढ्ने जहाज गुडाएरै नारायणहिटी संग्रहालयमा

२८ भदौ, काठमाडौं । राजा वीरेन्द्र शाहले चढ्ने गरेको नेपाली सेनाको एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज शनिबार राति भने काठमाडौंका सडकमा गुड्यो । जहाज नेपाली सेनाले नारायणहिटी संग्रहालयमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर लगेको हो ।

शनिबार राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तिनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पु¥याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो ।

यो जहाजले सन् १९७१ डिसेम्बर ३१ मा पहिलो उडान भरेको थियो । यसलाई सन् १९७५ जनवरी २३ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमले खरिद गरेको थियो । त्यसपछि सन् १९८० अप्रिल १३ मा तत्कालीन शाही नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । यसमा राजा वीरेन्द्र तथा राजपरिवारका सदस्य सवार हुने गरेका थिए ।

राजपरिवारले प्रयोग गर्ने सरसामान नारायणहिटी संग्रहालयमा राख्ने क्रममा जहाजलाई पनि लगिएको हो । लामो समयदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको जहाज गुडाएर लगिएको हो ।

नयाँ पत्रिका