युवा गायक महेन्द्र शाही राष्कोटी द्धारा “नकु गाउँको पहिरो” नामक ठाडी भाका सार्वजनिक

नाप्पा दया मानिल्नु हो, बैरी पापी कालले ।।
बुवा आमा साथि भाइ कहाँ गयौ छाडी ।

वैरि कालले चुडि लैगो मेरो फूलको वाडी ।।
चार भाइ र दुई वैनिको एकै भयो चिहान ।

 

१८ भाद्र, काठमाण्डौ । बर्षासँगै आएको बाढीले कर्णालीमा धेरैको ज्यान गइसकेको छ । हालै मात्र कर्णाली प्रदेशको कालिकोटको महाबैमा गएको पहिरोमा ज्यान गुमाएहरुको जिवनमा आधारित रहेर युवा तथा लोकप्रिय गायक महेन्द्र शाही “राष्कोटी” ले “नकु गाउँको पहिरो” नामक ठाडी भाका अडियो ल्याएका छन् । गायक रास्कोटीले सो घटनालाई समेट्दै अति मार्मिक र मर्मस्पर्सी भाकामा गाएर घटनामा ज्यान गुमाएहरुको आत्माको चिरशान्तीको सम्झनामा अडियो गीत पस्केका छन् ।

गएको श्रावण २९ गते राती महाबै गाउँपालिका वडा नं ३ को नकु गाउँमा गएको पहिरोले घर भत्किदा रज बहादुर बिष्टको दुई छोरा र दुई छोरी र उनका दाजु डिलबहादुर बिष्टका दुई छोरीको सोही पहिरोमा पुरिएर ज्यान गएको थियो । सो अडियोमा महाबै गाउँपालिका वडा नं ३ को विशेष सहयोगमा रजबहादुर बिष्टको प्रस्तुती र केशरसिंह आक्रोशको शब्द रचना भएको ठाडी भाका देउडा गीतमा नवराज सिंह विवेकको लय रहेको छ ।

गीतमा गायक रास्कोटीले यसरी बिलौना पोखेका छन् ।

काँबाट काल बनी आयो पैरो घरमाथी,
धन राख्योन जिउ राख्योन यही ७७ सालले ।

नाप्पा दया मानिल्नु हो, बैरी पापी कालले ।।
बुबा आमा साथि भाइ कहाँ गयौ छाडी ।

बैरि कालले चुडि लैगो मेरो फूलको बाडी ।।
चार भाइ र दुई वैनिको एकै भयो चिहान ।

बुबा ममि को भनला, साँझ र विहान ।।
संसारका दुखारी रैछौ, म रज र मैना ।

दिनभरी झ–झल्को आउदो, राति भरी सैना ।।
बुबा ममि भेट गरिजाउ, आइजाउ गलि गलि ।
छोरा छोरी आँखाभरी घुम्छन, आँखा भरी ।।

 

यस्तै–यस्तै मर्मस्पर्शी गीत का शब्द कोरिएको देउडा ठाडी भाका “नकु गाउँको पहिरो” सार्वजनिक अडियोमा पहिरोमा पुरिएर ज्यान गुमाएका ६ जनाको चिरशान्तिको कामना र परिवारजनप्रति सान्त्वना स्वरुप पिडालाई कम पार्न गीत मार्फत् गायक रास्कोटीले सम्झाउने कोशिस गरेका छन् ।

गायक शाही कर्णाली प्रदेशको कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नं ९ मा बुबा सर्दन शाही र आमा जुनादेवी शाहीको कोखबाट वि सं २०४७ साल भाद्र ११ गते लालु गाउँको बिउराकोटमा जन्म भएको हो । कर्णालीमा मात्र नभएर सुदूरपश्चिम प्रदेशका कुनाकाप्चामा समेत लोकप्रिय कमाई सकेका देउडा गायक शाही राष्ट्रिय स्तरमा समेत परिचित भइसकेका छन् । गायक शाहीको पहिलो गीती कोशेली “आउन पाइन घर” नामक एलबमबाट सांगितिक रंगमञ्चमा हाम फालेका राष्कोटीले ठाडी भाकामा “भेट्न आउनु जितेगडा”, “मैनाचरी, रारा ताल”, “सम्झनामा बहिनी”, त्यस्तै लोकगितमा “पिपलु र बर”, “सुर्खेत राम्रो बुलबुले तालले” र “जाउँ है घुम्नलाई कालिकोट” नामक गरी धेरै लोक तथा देउडा गितहरु दर्शक सामु ल्याएका छन् । यति धेरै गीत गाएर सबैको मनमष्तिगमा बस्न सफल भएका गायक राष्टकोटीलाई कर्णालीकै मेला महोत्सव र अन्य सांङ्गेतिक कार्यक्रममा आफुलाई अबसर नदिएको र आफ्नै क्षेत्रमा आफ्नो कला प्रस्तुत गर्न नपाएकोमा दुख्ख मनाई गरेका छन् । त्यसमा पनि आफ्नै स्थानीय सरकारले कुनै अवसर र त्यहाँ उत्पादन भएका कलाकारलाई हौसला र प्रेरणा समेत नदिएकोमा दुखेसो पोखेका छन् ।

देउडा र ठाडीभाकामा निकै निखार स्वरका धनी गायकको रुपमा चिनिएका गायक शाहीले भारतको मुम्बईबाट सांगितिक यात्राको थालनी गरेका हुन् । स्वर्गीय अनिपाल शाही र विर्ख शाहीलाई गुरुको रुपमा मान्ने गायक राष्कोटीको जीवनमा हरेकौं संघर्षलाई किनारा लगाउँदै आज यो स्थितिमा पुग्न श्रीमति आशा शाही को ज्यादै ठूलो भूमिका रहेको बताउँछन् । गायक शाहीको श्रीमती पनि एक मोडल कलाकार हुन् । आगामी दिनमा आफ्नो गायन सांगेतिक क्षेत्रलाई अझै उचाईमा पुग्न श्रमती लगायत आफन्त, समाज र सम्पूर्ण दर्शकको माया र साथ रहने विश्वास समेत लिएका छन् ।