१४ भाद्र, काठमाण्डौ । कर्णाली प्रदेश भौगोलिक रुपमै ठगिएको भन्दै केन्द्रीय राज्यसत्ताले निकै लामो समयदेखि पछाडि पादैै आयो । बहुदल आइसकेपछि अब त केही हुन्छ कि पनि ठानियो । त्यो अबधिभर झन ठगियो कर्णाली । त्यो अवधिीमा राज्यसंयन्त्रबाट मात्रै ठगिएन, कर्णालीकै टाठाबाठा भन्नेले दुहुनो गाई नै बनाए । कर्णालीको फोटो मात्रै बेचेनन् त्यहाँको गरिबी बेच्दै गरिब जनताको अनुहार समेत बेच्न बाँकी राखेनन् । एनजिओ÷आइनजिओको नाममा डलरको खेति नै गरियो । एनजिओ/आइनजिओ चलाउने मुठ्ठीभरका मानिसहरुले देशविदेशमा घरघडेरी जोडे र बंगाला खडा गरे ।
गणतान्त्रिक व्यवस्थामा कर्णालीले के पायो र मुख्यमन्त्री शाहीले के काम गरे त ?
देशमा भएको परिवर्तन पछि गणतन्त्र आयो । राज्यको पुनःसंरचना हुँदा मुलुक संघीय संरचनामा गयो । काठमाडौंको सिंहदरबारको अधिकार गाउँमा गयो भनियो । स्थानीय सरकार पनि बने । प्रदेश सरकार निर्माण भए । कर्णालीमा साविक कर्णालीबासी कै नेतृत्वमा प्रदेश सरकार गठन भयो । कर्णालीकोटका महेन्द्र बहादुर शाही पहिलो मुख्यमन्त्री बने, जिल्ला तथा साविक कर्णालीका नागरिक खुसि नै भए । ७ सदस्यीय मन्त्री परिषदमा चारजनामा जुम्लाका नरेश भण्डारी आन्तरिक मामिला, हुम्लाका दल रावल सामाजिक विकास र डोल्पाका नन्द बहादुर वुढा पर्यटन मन्त्री बने । बाँकी तीन मन्त्रीमा सल्यानका प्रकाश ज्यावा आर्थिक मामिला, पश्चिम रुकुमकी विमला केसी कृषि र सुर्खेतका खड्क बहादुर खड्का भौतिक मन्त्री बने । खड्का माथि उनी ठेकेदार हुँदाको समयमा अनियमिता गरेको आरोप लागेपछि बिचैमा राजीनामा दिए । उक्त मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहीले नै सम्हालिरहेका छन् ।
प्रदेश सरकार गठन भएको तीन वर्ष भइसकेको छ । पुरकसहित चारवटा बजेट प्रदेश सरकारले ल्याएको पनि छ । नीति तथा कार्यक्रम पनि आए । तर, हात लाग्यो सून्य भने झै कर्णाली प्रदेश सरकारले उपलब्धी केही हासिल गर्न सकेन । नाम प्रदेश सरकार भएपनि बिचौलिया उत्पादन गर्ने कारखाना जस्तै बन्यो । मुख्यमन्त्रीले चाहे सल्लाहकारका नाममा होस् या सचिवालयका नाममा होस् आफ्ना वरिपरी कारन्दिा बाहेक क्षमतावान मानिस एकजना पनि राख्न सकेनन् । एक उनी आफै अयोग्य र असक्षम हुन भन्ने मानिसको बुझाइ छदैथियो त्यसमा आफूभन्दा अब्बल र सक्षमका साथै योग्य जनशक्ति राख्नुको सट्टा आफूले भने अराएको काम गर्ने राखेपछि मुख्यमन्त्री शाहीले असक्षमताको टिको लगाएर साकिव कर्णालीको बेइज्यत गर्छन भनेर त्यहीबेलै कतिपयले भनेका पनि हुन ।
मुख्यमन्त्री शाही कहाँ चुके त ?
मुख्यमन्त्री शाही कर्णालीको राजधानी घोषणा गर्नेबेला दोस्रो पटक चुकेका थिए । पहिलो पटक उनी आफ्नो टिम बनाउन चुकेको कुरा माथि उल्लेख भइसकेको छ । सधै नेताको चाकडी–चाप्लुसी गरेर, उनीहरुकै भक्त भएर पद हत्याइहालिन्छ भन्ठानेका उनका लागि अहिले आएर मुख्यमन्त्री पद ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ । त्यही भएर उनी अहिले आएर भन्ने गरेका छन– ‘टिम मिलेन, असफल भइयो जस्तो छ, काम गर्न सकिएन, रात निन्द्रा न दिन भोक भने झै भएको छ ।’’
कर्णालीमा छुट्टै बिशेष स्वायत्त प्रदेश माग
साविक कर्णाली अहिले पनि छुट्टै कर्णाली बिशेष स्वायत्त प्रदेश चाहन्छ भन्दै कतिपय कर्णालीका अगुवाहरुले भन्दै आएका छन । बर्षौसम्म केन्द्रीय सत्ताको जाँतोमा पिल्सिएको कर्णाली परिवर्तनपछि राप्ती र भेरीको दास बन्दैन र बन्न दिदैनौ भनेर आन्दोलन पनि
भयो । नभन्दै कर्णालीको आन्दोलनले गणतान्त्रिक शासकलाई झुक्न बाध्य बनाई सातौ प्रदेश कर्णाली बन्यो । त्यसरी बनाएको प्रदेशको कमाण्ड कर्णालीकै कमाण्डरलाई दिदा पनि कर्णाली झन समस्याग्रस्त बनेपनि अहिले साविक कर्णालीबासीका लागि शाही ‘नखाउ त दिभरीको सिकार, खाउत कान्छा बाबुको अनुहार’ जस्तै भएका छन । केन्द्र तथा प्रदेशको पार्टी उनले काम गर्न नसकेको भन्दै उनीदेखि वाक्कदिक्क भइसकेको उहिले नै भएपनि कोटा प्रणालीले गर्दा शाहीको पद जेनतेन थामिएको उच्च स्रोतले बताएको छ । अहिले मुख्यमन्त्री परिवर्तनको बहस चलेपछि कर्णाली प्रदेशमा जसरी पनि मुख्यमन्त्री परिवर्तन गर्नुपर्छ भन्दै लबिङ भइरहेको र शाहीको विस्थापन गर्न यामलाल कडेललाई अघि सारिएको बुझिएको उच्च स्रोतले बताएको छ ।