कठमाण्डौ उपत्यकामा कोरोना संक्रमिण ४२९ थपिए

१४ भदौ, काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको बताएको छ । तर उपत्यकाका भएका संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।