सरकारद्धारा अन्तर्राष्ट्रिय उडान भाद्र १६ गतेबाट संचालन गर्ने निर्णय

९ भदौ, काठमाडौँ । कोभिड–१९ को संक्रमण जोखिमको मध्य नजर गर्दै गएको चैत्र ११ गतेबाट बन्द गरिएका अन्तराष्ट्रिय उडान सरकारले यही भाद्र १६ गतेबाट खुला गर्ने निर्णय गरिसके कहाँबाट कसकसलाई नेपाल आउने अनुमिति दिने भन्ने विषयमा गृहकार्य भइरहेको बुझिएको छ ।

सरकारले यस अघि भाद्र १ गतेबाट उडान सञ्चालन गर्ने निर्णय गरे पनि तर कोरोना भाइरस पुन सक्रिय भएपछि सरकारले पुनः उडान बन्द हुने बताएको थियो ।

अन्तराष्ट्रिय र आन्तरिक उडान बन्द भएको भए पनि चार्टर्ड उडानहरू भने हुँदै आएका छन् । कतिपय देशले आफ्ना नागरिकलाई नेपालबाट चार्टर गरिएका विशेष उडानमार्फत् लगेका छन् भने नेपाल सरकारले पनि विभिन्न देशबाट आफ्ना नागरिकलाई स्वदेश ल्याइरहेको छ ।

प्रवक्ता भट्टराईका अनुसार नेपाली नागरिकहरू बढी भएको र उद्धार गर्नुपर्ने अवस्थामा रहेका देशहरू पहिलो प्राथमिकतामा पर्नेछन् ।

“यसअघि भदौ १ गतेदेखि सञ्चालन हुन दिने भनिएकोमा नेपाल वायुसेवा निगम र हिमालयन एअरलाइन्ससहित ११ वटाले उडान गर्नका लागि आवेदन दिएका थिए।”

प्रवक्ता क्षेत्रीका अनुसार पीसीआर परीक्षण गर्न गाह्रो देखिएका खाडी मुलुकहरू कतार साउदी अरब र कुवेतको हकमा हाललाई उडान अनुमति नदिने कुरा छ ।

ती देशहरूमा रेस्क्यू फ्लाइट गर्ने अहिलेसम्मको निर्णय छ, शेड्यूल फ्लाइटबारे कुनै निर्णय भइसकेको छैन ।

मन्त्रालयका प्रवक्ता भट्टराईका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नियमित उडानमार्फत् शुल्क तिरेर यात्रीहरू आउन पाउनेछन्

दैनिक ७०० जनाभन्दा बढी यात्रु ल्याउन नपाउने गरी उडान गर्नुपर्ने भनिएको छ अधिकारीहरूका अनुसार नेपाल आउनलाई फर्किनेहरूले केही सर्तहरू पूरा गर्नुपर्ने हुन्छ

“उड्न लागेको ठाउँको विमानस्थलमा ७२ घण्टाको भ्यालिडिटी भएको पीसीआर रिपोर्ट देखाउनुपर्ने र होटल बुकिङ गरेको कागजपत्र देखाउनुपर्ने हुन्छ। त्यो गरेपछि मात्रै फर्किन पाइन्छ,” क्षेत्रीले भने

नेपाल फर्केपछि पनि उनीहरूले पीसीआर रिपोर्ट देखाउनुपर्ने हुन्छ भने नेपाल सरकारले बनाएका क्वारन्टीनसम्बन्धी नियमको पालना गर्नुपर्ने उनी बताउँछन्

“नेपाल सरकारले सुझाएका होटल अथवा क्वारन्टीनस्थलमा सात दिन अनिवार्य रूपमा क्वारन्टीनमा बस्नुपर्ने हुन्छ। तिर्न सक्नेले तिर्नुहुन्छ र नसक्नेको हकमा सरकारले केही व्यवस्था गर्ला ”

बाहिरबाट आउनेहरू सङ्क्रमित छन् भने ती समुदायमा जान नपाऊन् भन्ने मुख्य उद्देश्य हुनुपर्ने जनस्वास्थ्यविद् डा. शरदराज वन्त बताउँछन्

“यदि ७२ अघिसम्मको पीसीआर रिपोर्ट नेगेटिभ छ भने क्वारन्टीनमा राख्नुपर्छ भन्ने मलाई व्यक्तिगत रूपमा लाग्दैन,” उनी भन्छन्

क्वारन्टीनमा राख्दा सम्बन्धित व्यक्तिमाथि पर्न सक्ने आर्थिक भार लगायतका कुरा पनि रहेको उनको तर्क छ यद्यपि विशेष सावधानीका लागि भनेर त्यसरी क्वारन्टीनमा राख्न खोज्नु अनुचित नभएको उनको धारणा छ

बीबीसीबाट