Breaking News

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको आज साँझ ५ बजेर ५ बजेर ५५ मिनेटमा १०१ वर्षको उमेरमा निधन भएको छ ।

राष्ट्रकवि घिमिरे पछिल्लो केहि महिनादेखि समय स्वासप्रश्वासको समस्या भोग्दै आएका थिए । घरमै उपचारको क्रममा उनको निधन भएको बुझिएको छ । उनको पार्थिव शरीरको अन्त्यष्टि भोलि गरिने बुझिएको छ ।

लमजुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका घिमिरे नेपाली साहित्य जगतमा मुलत कवि र गीतकारका रुपमा चिनिन्छन । उनी स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा साहित्य रचनामा पोख्त मानिन्छन ।

विसं १९९२ मा उनको ज्ञान पुष्प शीर्षकको कविता जतिबेला उनी १४ वर्षका थिए, त्यो गोरखापत्रमा पहिलो पटक छापिएको थियो । कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरूमा निरन्तर कलम चलाउँदै उनले नेपाली साहित्य क्षेत्रमा ठूलो योगदान पुर्याएका छन ।

विस १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपिएपछि उनको विस १९९४ मा नवमञ्जरी, २०१० मा घामपानी, २०१३ मा नयाँ नेपाल, २०३३ मा किन्नर किन्नरी जस्ता कविता सङ्ग्रह निकालेका थिए । राष्ट कवि विस २००५ सालमा गोरखापत्रमै सह सम्पादकको जागिरे भएका घिमिरेले बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि विस १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा काम थालेका थिए।

‘गाउँछ गीत नेपाली’ चर्चित राष्ट्रिय गीतका रचनाकार घिमिरे ‘फूलको थुङ्गा बगेर गयो’ ‘आजै र राति के देखेँ सपना’ जस्ता चर्चित गीतहरु रचना गरेका छन ।

उनले ‘राष्ट्र निर्माता’ जस्तो खण्डकाव्यको समेत चरना गरेका छन । गीत र कविताका माध्यमबाट जनमानसमा राष्ट्र प्रेमको भावना जागरण गराउने काम उनले गरेको पाइन्छ ।

उनको धर्मपत्नी गौरीको २००४ सालमा निधन भएपछि स्तब्ध भएका घिमिरेले पत्नीको सम्झनामा विस २०१५ सालमा गौरी खण्डकाव्यको रचना गरे र त्यो उनको विशिष्ट कृति सावित भयो ।

त्यसो त गौरी उनको पहिलो खण्डकाव्य भने होइन । उनले १९९३ मा सुदामा, १९९५ मा रामविलास, १९९८ मा जीवन सङ्गीत, २०१६ मा कान्तिमती (अप्रकाशित अवस्थामा) र २०६१ मा गौतम को रचना समेत गरेका छन ।

गौरी (२०१५), पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३), धर्तीमाता (२०३०), राहुल यशोधरा (२०३५–बाल लघुकाव्य) आदी उनका सुप्रसिद्ध खण्डकाव्यहरू हुन् ।

नवमञ्जरी (१९९४), किन्नर किन्नरी (२०३३) र चैत वैसाख (२०६०) उनका गीतकविता संग्रह र त्यस्तै गरेर गीतिनाटकतर्फ, घिमिरेले मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) आदी समेत चर्चित छन ।

उनले गोविन्द’ र क्रृतम्भरा महाकाव्य लेखनारम्भ गरेका थिए, तर विविध कारणले त्यो पुरा भएको पाइन्न । बालसाहित्यतर्फ उनका सनपङ्खी चरी, घामपानी बाललहरी, गौंथली र गजधम्मे आदि उनका प्रकाशित कृतिहरु हुन ।

यसरी नेपाली साहित्य क्षेत्र मार्फत सामाजिक विकासमा योगदान पुर्याउने घिमिरेको निधनको खबरले देश तथा विदेशमा रहेका आम नागरिकलाई स्तब्ध बनाएको छ । उनको योगदानको नेपालीहरुले सधैंब स्मरण गर्नु पर्ने छ ।