पत्रकारको पेशागत सुरक्षा र श्रमको मुल्यका लागि पत्रकार आन्दोलनमा

१९ असार, काठमाण्डौ । कोरोना महामारीका काराण्ले लकडाउन भएपछि समस्यामा परेका पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघले आज शुक्रबार काठमाण्डौंको बबरमहलमा पहिलो पटक सडकमै पत्रकार महासंघको अगुवाईमा प्रदर्शन गरेको छ ।

संचार मिडिया हाउसहरुले तलब नदिने र कामबाट नै निकाल्ने क्रम जारी भएकाले नेपाल पत्रकार महासंघले त्यसको बिरुद्धमा आजबाट आन्दोलन गरेको बताएका छ । ठूलो मिडिया हाउसहरुले पत्रकारहरुलाई कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका नारा लेखेको प्लेकार्ड बोकेर प्रदशृन गएिको छ ।

बबर महलमै प्रदर्शनपछिको कोणसभामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो चरणमा पत्रकारहरुलाई पेशागत संकट परेको बताउनुभयो । कोरोनाका भाइरसका कारण देखाउदै मिडिया सञ्चालकहरुले पत्रकारिता गरी बाँच्न पाउने पत्रकारको अधिकार खोसेको बताउनुभयो ।

अध्यक्ष आचार्यले पत्रकारलाई जागिरबाट निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने गरेको भन्दै ती समस्या समाधानका लागि महासंघ भोलि देखिनै त्यस्ता सञ्चार गृहको अनुगमन गरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने समेत बताउनुभयो ।

कोणसभामै पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा मिडिया सञ्चालकले श्रमिकलाई शोषण गर्न नपाउने बताए ।

‘यदि सञ्चारलाई व्यवसाय वा उद्यम मान्ने हो भने नाफा हुँदा नाफा लिने र घाटा हुँदा ब्यहोर्न सक्ने सामर्थ्य राख्नुपर्छ’ उनले भने ‘प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा श्रमिकलाई शोषण गर्न पाइदैन ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताए ।

त्यस्तो बोल्दै प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने धारणा राखे ।

कोण सभामा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिंग्देल, सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित तथा अरु पत्रकारसम्बद्र्धन संगठनमा अगुवाहरुले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पत्रकारर्ले जनतालाई सुसूचित गर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिने पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्नेमा जोड दिएका थिए ।