स्कुल र क्याम्पसमा हार्याहार्यैं छ ‘काठमाडौं आएर बढ्ता भाषण गर्ने

सभापति – शेरबहादुर देउवा

१९ असार, काठमाण्डौ । प्रमुख प्रतिपक्ष तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ भाषण गर्दै मात्र हिँडेको संगठन विस्तार र नगरेको भन्दै नेविसंघका नेताहरुलाई कार्यक्रममै थर्काएका हप्काएका छन् ।

पूर्वसभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले आज शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा सभापति देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई हप्काउन सम्म हप्काए ।

कोरोना भाइरसको संक्रमण तर्फ संकेत गर्दै उनले सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ भन्दै सम्बोधन सुरु गरेका उनले महामारीका बेला भाषणबाजीको कार्यक्रम नराख्न आग्रह गरे । खतरा रोग आएको भन्दै उनले भने, ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठुलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहनल्नु पर्ने ?

नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि देउवाले रुचाएका राजीव ढुंगानालाई सभापति बनाइएका थिए । भागबन्डाका आधारमा उपसभापति, महामन्त्री चयन गरिएको छ भने केन्द्रीय समितिले पूर्णता पाएको छैन ।

कार्यक्रममा पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको तथा संगठनलाई पूर्णता नदिएको बताएका थिए ।

नेविसंघ, तरुण दल सबैले पूर्णता पाउने बताए । केही समस्या रहेको भन्दै उनले भने, ‘विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा ग¥याग¥यै छन् ।

एक समय नेविसंघको सभापति भएर आएको आफू चारपटक प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन ।’

उनले पहिले नेविसंघलाई बलियो बनाउन र स्कुल कलेजमा जित्न आग्रह गरे । ‘जहाँ पनि हा¥याहा¥यैं छन् । लाज पनि छैन,’ देउवाले नेविसंघका नेताहरुलाई भनेका छन् ।

उनले नेवि संघ स्कुलहरुमा कहाँ छ भनेर प्रश्न समेत गरे । यसअघिका सभापतिहरुलाई पनि स्कुलमा नेविसंघ बनाउनुस् भन्दा नसुनेको भन्दै उनले भने, ‘काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ गाउँमा ।