तलबको माग राखी निजी बिद्यालयका शिक्षक सडकमा

१९ असार, काठमाण्डौ । कोरोना भाइरसका कारण गएको चैत्र ११ गतेबाट सरकारले लगाएको लकडाउन असार १ गतेबाट खुकुलो सहित जारी रहे पनि शैक्षिक संस्थाहरु भने बन्द अवस्थामा रहेका छन् ।

शैक्षिक सस्था बन्द रहेपछि पढाई नहुने र अभिभावकले फि समेत नतिर्ने भएपछि बिद्यालय संचालकले नियमित पढाइरहेका शिक्षकलाई तलब नदिएका कारण निजी विद्यालयमा कार्यरत शिक्षकहरुले आफूहरुलाई तलब दिन माग गर्दै आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले हाम्रो तलबको व्यवस्था गर, सरकार हाम्रा लागि होइन र ? हामी अभिभावकको विश्वासप्रति प्रतिवद्ध छौं, बहानाबाजी चाहिँदैन, शिक्षक निकाल्न पाइँदैन, सरोकारवालाको ध्यान जाओस् हामी भोकभोकै छौं आदि नारा लेखेको प्लेकार्ड बोकेर नाजाजुलुस गरेका थिए ।