Breaking News

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ हजार ७०० र चाँदी ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९९५ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।