२७ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमको अन्तिम दिन सम्बोधन गर्ने क्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लप्रति संकेत गर्दै भने, कानुन दिवसको अवसरमा मल्ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
रविले भने,प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६–६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन, ‘त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नु भयो । परम्परा भत्काइयो भनिएको छ । यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो ।
आफूमाथि रिस पोख्नेहरूलाई चुनौति पनि दिए । ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार, अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस् ।’

