Breaking News

आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने

९ माघ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पश्चिमी वायुको प्रभावले पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने बताएको छ।

सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही ठाउँमा हल्का वर्षाको प्रक्षेपण छ।

आज माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने छ । त्यसपछि आज साँझपख सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सुरु हुने छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित मध्यम वर्षा हुने बताइएको छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित असिना पर्ने सम्भावना पनि रहेको छ ।

आज राति भने देशैभरका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा मध्यमसम्म हिमपातको सम्भावना छ ।