छोडेर नजाउ चौलानी भित्र
बस्नु कसरी बिना लगानी भित्र
हेरि रहनु प्रभातमा जहिले
उतै छन याद सिरानी भित्र
सपनाहरू उडेर संगै आए
साथी जसरी राहदानी भित्र
डोको भरी पठाएको हो नासो
पुगेपछि खबर गर्नु कहानी भित्र
हतारमा कतै जान छ भनेपनी
सजाएर राख आनिबानी भित्र

