कविता
पत्थर साथी बनाएर खेल्नुछ
एक जोर हातहरुलाई खुसी पार्न
बुन्न छ बुकिफुलको माला
माटोलाई ओछ्यान सन्झिदै रात कटाएर
प्रभातको झिसमिसे बोकेर
अनि बिस्तारै गन्तव्य छुन
सरल जिन्दगीको कठिन यात्रा हिड्नु पर्नेछ
पुरानो सम्बन्ध फेरि नजिक गर्दै
तिमी र म भलाकुसारीको
मिठो चुस्की संग
बुढा भएका इच्छाहरुलाई
अलिकति
रन्ङ्गिन बुट्टा भएर
जिन्दगीको कलिलो माला गास्दै
पैरिनु छ पुरानो सालिकमा
र सुनाउनु छ वर्तमानको
बिग्रेको कहानी
अब मुस्कुराउनु छैन
बिग्रेको हालत बोकेर
पुग्नु पनि छैन ठुलो भविष्य टिप्न्न
दिनु पनि छैन ओइलिएको उपहार
त्यसैले अब
क्षितिज पारिको अग्लो चिसोमा
तातो रात संग
टिप्न्नु छ टाढाको उज्यालो
दिनु छ थोरै भएपनि
अध्यारा छिमेकीलाई
यदि उज्यालो बन्नु छ भने
खनेर पुगाइ दिनुछ
क्षितिजको अग्लो चिसोमा
चाक्लो बाटो
यत्ति भएपछि त बोग्नु पर्दैन
गरुङ्गो गन्तव्य
फलाउनु पनि पर्दैन क्षितिजको उज्यालो।।
पत्थर साथी बनाएर खेल्नुछ
एक जोर हातहरुलाई खुसी पार्न
बुन्न छ बुकिफुलको माला
माटोलाई ओछ्यान सन्झिदै रात कटाएर
प्रभातको झिसमिसे बोकेर
अनि बिस्तारै गन्तव्य छुन
सरल जिन्दगीको कठिन यात्रा हिड्नु पर्नेछ
पुरानो सम्बन्ध फेरि नजिक गर्दै
तिमी र म भलाकुसारीको
मिठो चुस्की संग
बुढा भएका इच्छाहरुलाई
अलिकति
रन्ङ्गिन बुट्टा भएर
जिन्दगीको कलिलो माला गास्दै
पैरिनु छ पुरानो सालिकमा
र सुनाउनु छ वर्तमानको
बिग्रेको कहानी
अब मुस्कुराउनु छैन
बिग्रेको हालत बोकेर
पुग्नु पनि छैन ठुलो भविष्य टिप्न्न
दिनु पनि छैन ओइलिएको उपहार
त्यसैले अब
क्षितिज पारिको अग्लो चिसोमा
तातो रात संग
टिप्न्नु छ टाढाको उज्यालो
दिनु छ थोरै भएपनि
अध्यारा छिमेकीलाई
यदि उज्यालो बन्नु छ भने
खनेर पुगाइ दिनुछ
क्षितिजको अग्लो चिसोमा
चाक्लो बाटो
यत्ति भएपछि त बोग्नु पर्दैन
गरुङ्गो गन्तव्य
फलाउनु पनि पर्दैन क्षितिजको उज्यालो।।

