Breaking News

एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि हिजो रातीबाट मतदान गर्ने भनिए पनि अचानक बन्द गरेर आज बिहान ८ बजेबाट मतदान हुँदैछ । मतदान विद्युतीय मेसिनबाट हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुन हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा बसेका हुन् ।

मतदानको लागि ८० वटा मेसिन राखिएको छ । मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछन् ।