जिवनको सुनौलो रंग बाल्यकालका
अमुल्य स्मृतिका ताज बनेर बसेको
प्यारो पाटन शहर,
समयले उडाउँदै कहिँ पर
पुर्यायो,
फेरि जब करीब दुई दशक पछि,
तिम्रो सडकमा मितेरी
लाउन जुरायो,
त्यो समय, कहिले ,
परीवारको त कहिले
साथिको हात समाई
फन्को लगाउँथे,
अब उमेर सँगै बढेका आँटिला पाइलाहरु
तिमी खोज्दै खोज्दै बिना कुनै अड्चन,
हिच्किटाहट
फुर्सदको साथी बन्न पुगेको छौ ।
त्यो समय,
चाकुपाटबाट पाटनढोका हुँदै मेरो प्यारो
विद्यालय मदन स्मारक सम्म लम्किदा,
सुन्दर शहर तिम्रो इतिहासलाई
मनमनै नियाल्दा,
शान्तिको धुन बज्दथ्यो,
तिमिसँगको यात्रा नटुटे हुन्थ्यो जस्तो
लाग्दथ्यो,
तर जब भर्खरै मितेरी लाएको तिमिसँगको
यात्रा दुई वर्ष पछि टुङ्याएर म आफ्नो
गाउँ फर्किए,
बाकी जिवनको अनौपचारिक एबम औपचारिक
अध्ययन पूरा गर्नु पनि थियो !!
आज वर्सौ पछि कृश्न गल्ली हुँदै, पाटनढोका
एबम् बंगलामुखी देखि
कृष्ण मन्दिर सम्म बिना साधन चाहारेर
बाल्यकालको तिमिसँगको बिछोडलाई
पूरा गर्न म फन्को मारीरहेको छु,
प्रत्येक मन्दिरमा आँखाले हेर्छु अनि
मनबाट आत्मासम्मको ज्योति निर्माण
गरि समग्र देश अनि देशभक्तहरुको
निमित्त शान्तिको दिप
प्रज्वलित गरीरहन्छु,
न सुन्छन कसैले मेरो आवाज,
न देख्छन कसैले मलाई,
किनकी म त दुर दराजबाट
तिम्रो शहर देख्न आएको त्यो बटुवा
हुँ,
जो वर्षौ पहिले तिमिसँग मित्रता
लगाएर कहिँ पर पुगेको थिए,
तर आज हाम्रो पुरानो मित्रताको
पुनः उदय भएको छ,
प्रत्येक मुर्तिहरु बोलिरहेझै भान हुन्छ,
प्रत्येक स्तुपाका आँखाले मेरो पदचाप
नियालेको भान हुन्छ,
प्रत्येक घन्टिले सिंगो पटन शहर मात्र
नभएर नेपालको निमित्त शान्तिको बिगुल
फुकेको आभाष हुन्छ!!
इतिहासको पनि राज पाटन शहर तिमिलाई
स्पर्श मात्र गर्दा पनि
राजधानी भरी
दिब्यताको पुष्प वर्सात भएको
भान हुन्छ ।।
आज तिम्रो सडक भित्र आउनेले मेरो जस्तो
पदयात्रा गरेर तिमिलाई नियाल्नु पर्नेछ,
तिमिभित्र रहेका हरेर मन्दिरबाट आशीर्वाद ग्रहण
गर्दै रिक्त मस्तिष्क भरी बिनम्रता, शान्तिका
उपहारहरु कैद गरेर पुर्ण भएर निस्कनु पर्नेछ,
र परास्थ गर्नु पर्ने छ,
केही पललाई,
सवारी साधनको प्रतिस्पर्धाबाट
निस्किएको दुशित ध्वनिलाई,
मनन गर्नु पर्नेछ ,
विकासले निस्सासिएको तिम्रो मौन
मूर्तिकलाका भावनालाई
शान्तिपूर्ण पदयात्रा स्विकार गरेर ।।
-सुशिला शर्मा “शिलु”

