Breaking News

समय बेइमान होइन

साँच्चै समय बेइमान होइन
उ पनि कदापि बेइमान थिएन
अहिले चल्दो वर्तमान परिस्थिति झन्
पटक्कै बेइमान बन्न सक्दैन
प्रिय बेइमान व्यबहार
उ पक्का बेइमान रहेछ
घरी झस्काइ रहन्छ
बेलाबखत झुक्काइ रहन्छ
घरीघरी धोकाहरु पठाइ रहन्छ
भन्न त गन्तव्य पनि उसैले भनेको हो
गन्तव्यको बाटो सिकाउने पनि उहि हो
त्यही यात्रामा
बेइमान व्यबहारलाई
कुनै अदृश्य शक्तिको ूरू भन्दा बलवान् बनाएर
पछिपछि पठाउने पनि उहि हो
अनि भन त
प्रिय बेइमान व्यबहार
तिमी आफुलाई असल मान्छौकी
तिमिले पठाएको त्यो अदृश्य ूरूअसल हो
रङ्गिन सहरमा
रङ्गिन रहर पनि उसैका रहेछन्
सपनाको ठुलो खेतिमा
अनौठा छायाका बाउरे पनि उसैका हुन
तर मधुरो उज्जर बाट
एक जोर बिम्ब बोकेर
कुटो कोदालो हलो र जुवा संगै
खुल्दो आकाश माथि झिसमिसे उज्यालोमा
सपनाको चाक्लो गडो खन्दै
उज्यालो टिपेको
हास्दै रमाउदै कयौं बोरि खुसिहरु भरेको
देख्दा
प्रिय बेइमान व्यबहारलाई
फिटिक्कै मन परेन
त्यसैले
अब मैले भनुपर्छ
प्रिय बेइमान व्यबहार भन्दा
हाल चलिरहेको
मौजुद परिस्थिति मेरा निम्ति
कहिल्यै नछुट्ने सहयात्री हो११

-दीर्घ बहादुर शाही (डोक्काघरे)