एकान्त समय,
पनि वरदान बन्न सक्छ ।
मानव सामाजिक प्राणी हुनुको नाताले
पनि हत्तपत्त एक्लिनुलाई
स्विकार्न सक्दैन,
तर त्यो समय आफैं
एक्दिन आइपुग्छ,
जहाँ नीर एउटा यस्तो
बिन्दु आउँछ,
हिंडेर, दौडिएर,
रोएर वा हाँसेरनै किन नहोस्
हामी आफ्नो सर्कल वा जमातलाई
अत्यन्त खुशी, विश्वास दिलाउन चाहन्छौं,
मौनताबाट आफू हजारौं पटक निचोरीएर
भएपनी अरुको खुशिको
निमित्त कति सजिलै बलिदान
दिन तयार रहन्छौं,
तर त्यो दौरानमा हामी स्वार्थी सम्बन्धको
भिडमा रहेछौं भने,
ईश्वरको चाहना हुन्छ कि
हामी त्यो भिडबाट चाहेर एक्लो अनन्तको यात्रामा लागौं,
त्यहीँ समयले एउटा दुखको भुमध्य सागर
खडा गरिदिन्छ,
र हामी आत्माको ईश्वरलाई गाली गरि
गरि डुबिरहेको हुन्छौं,
तर सृष्टिको लिला नै एस्तै छ कि
मानवले चाहेर मात्र केही हुँदैन,
र त्यो दुखद समयको पनि
अन्त्य हुन्छ,
महासागरले हाम्रो परीचित किनाराबाट
बगाएर, पछारेर कुनै नौलो कुनामा
पुर्याइदिन्छ,
तब मात्र हाम्रो तेस्रो आँखा खुल्न
पुग्दछ,
अब यो दुखको सागरमा कोहि
सँगै छैन,
हिजो सुखमा रमझम गर्ने,
आफुले उनिहरुलाई केही दिँदा
आफ्नै हुँ भन्ने हरुको छायाँ समेत बाकी
हुदैन,
र भक्ती भाव सहितको अन्तर्मनको
यात्रा प्रारम्भ हुन्छ,
अपरीचित हृदयका धनिहरुसँग,
मनको मात्र भएपनी निकटता
बढ्छ,
गुरुको रुपमा,
मार्गदर्शकको रुपमा,
वा आत्माको ईश्वरको रुपमा,
र विचलित बनाएर जीवन अन्त्य गर्दा
ठिक होला सोचेको प्राणिले
पनि अनायासै
नयाँ जन्म प्राप्त गर्दछन,
त्यसको निमित्त,
अन्तबाट प्राप्त हुने आशा, माया
वा सद्भावनालाई सच्याएर शुन्यतामा
रमाउन सक्ने शक्तिशाली मार्ग
देखिन आउँछ,
एक्लोपनको यात्रा,
जुन सत्य,
अजर, अमर अनि
अविछिन्न
स्वस्थ मस्तिष्कको
उपज भएर
प्रतिध्वनित हुन्छ,
हृदयको कुनाबाट,
त्यसैले एकान्त समय वा
आइपर्ने एक्लोपन अभिशाप होइन
यो पनि कहिले कहिँ
वरदान हुन सक्छ ।।

