Breaking News

बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिन्छ – सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताए।

कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताए।

‘कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ। यो सबै पीडितहरुको मात्रै जमघट जस्तो लाग्यो । पीडितको जमघटले समाज परिवर्तन हुँदैन,’ उनले भने।

उपाध्यक्ष पाण्डेले युवाहरुको बीचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने बताए।

विश्वविद्यालयहरु पहिला असल नेता निर्माण गर्ने केन्द्र भएको पनि उनले बताए। अहिलेका युवा नेता देखेपछि मानिसहरु भाग्ने गरेको बताए।—न्युज एजेन्सी नेपाल