Breaking News

बिद्यालई ओलीकोे जवाफ परित्याग गरिसकेको सदस्यता कसरी नविकरण हुन्छ

हिजो पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले थापाथलीमा मदनभण्डारी हिरक जन्मोत्सवको सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माथि खनिएपछि आज उनको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले दुई पटक राष्ट्रपति बनाएको व्यक्ति फर्केर पार्टीमै समस्या खडा गर्छ भनेर कल्पनासमेत नगरिएको सुनाए ।

ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्ने क्रममा, ‘पार्टीले दुई–दुई पटकसम्म राष्ट्रपति बनायो। त्यस्तो व्यक्ति फर्केर पार्टीमा समस्या खडा गर्छ भन्ने कुरा कल्पनासमेत गरिएको थिएन,’ पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार भएको कार्यक्रममा ओलीले भने।

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले केन्द्रीय कमिटी बैठकले पार्टीमा सक्रिय हुन रोक लगाएको थियो। त्यसपछि उनले पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर उक्त निर्णयको विरोध गरेकी थिइन्।

अध्यक्ष ओलीले भने २०७२ सालमा पार्टी सदस्यता परित्याग गरेर भण्डारी राष्ट्रपति हुन गएको र त्यसयता सदस्यता नवीकरण नभएको बताए।

‘त्यसबेला सदस्यता परित्याग गरेर राष्ट्रपतिमा जाने, मेरो सदस्यता, प्यारो सदस्यता म त्यसैमा बस्छु जान्न राष्ट्रपतिमा भन्नुपर्थ्यो नि त त्यसबेला,’ भण्डारीलाई लक्ष्य गर्दै ओलीले भने, ‘त्यसबेलाचाहिँ छाडेर जाने अनि फर्केर आएपछि नभएको सदस्यता कहाबाट नवीकरण हुन्छरु’

पार्टी कार्यालयका कर्मचारीलाई झुक्क्याएर भण्डारीले सदस्यता नवीकरण गर्न खोजेको ओलीको भनाइ थियो।