१
सभ्यताको बीउ उमार्न्या ओगट्टो छ मेरा गाउँमा
दाजुभाइ कमाइ खान्या फोगट्टो छ मेरा गाउँमा
हमदुल्हा सलामालिक भन्या कोहि भेटिदैनन
जदौ दर्शन भनिकन ढोगद्दो छ मेरा गाउँमा
वैजनी रङ्ग रातो सेतो कपाल गाउँमा छैन
सुन चादीले बाधिएको जगट्टो छ मेरा गाउँमा
त्यही ताका सार्की राजा छालाको नोट काट्टो भन्ना
पाथी अनाज किनि ल्याउन्या रोगड्डो छ मेरा गाउँमा
२
मार्सी यार्सा टिमुर फल्या गडो छ हाम्मा गाउँमा
देशकन नाउ चिनाउन्या चडो छ हाम्मा गाउँमा
आफ्ना गडा बाझा राखी बगि बाइजादो छ
तराई हरियो अन्या छहडो छ हाम्मा गाउँमा
कागुनो र चिनो फल्लो फापर अनि कोद्या
गहुँ जौ मकै झनै फल्या धडो छ हाम्मा गाउँमा
हेर्यापछी सुख्खा लाग्दा ती पहाडका ढुङ्गा
सिलाजित टपल्का चुइन्या पहडो छ हाम्मा गाउँमा
साठी नाग्या एकसट्ठीका गाउँका बुढापाका
अझै पनि कुन्टल बोक्न्या तडो छ हाम्मा गाउँमा
३
उस्तै देख्छु फरक केहि नाइ मेरा ती गाउँ पनि
झनझन दुख्दा मलम नपाइ गरिबका घाउ पनि
रुडो पड्डै सुकि जादा ती पहाडका गडा
अनिकाल आयाको आयै भोको छ भाउ पनि
हड्डाहड्डै खुट्टा फाट्या बाटो पनि गल्यो
गन्तव्यमा पुग्नै छोड्या ढगुड्न्या पाउ पनि
एक छाक टान्न धौधौ पड्डो हामी गाउँल्या कन
रातदिन आउदो कोल्थो समाइ पुरानो साहु पनि
जुवाउदो जिन्दगी गयो पढ्न्या लेख्न्या बेला
हुकुमको बास्सा मद्दो कस्ता हुन दाउ पनि

