Breaking News

मधुपर्क सम्मान बाट तीन स्रस्टा सम्मानित

काठमाडौ जेठ ३० गते,  नेपालको पुरानो राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रको सहप्रकाशन मधुपर्क साहित्यिक पत्रिकाको ५८ औं बार्षिक कार्यक्रममा मधुपर्क सम्मान बाट पुराना र वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कवि ज्ञान उदास, कथाकार ध्रुव सापकोटा र कवि कथाकार पद्मावती सिंह हुनुहुन्छ । उहाँ हरुले मधुपर्कको स्थापना कालदेखि नै मधुपर्कमा कथा, कविता छपाएर आफ्नो साहित्यिक यात्रा थालनी गर्नुभएको हो ।

            उक्त कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिश्वमणी सुवेदी, प्राडा कृष्ण गौतम र प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले सम्मानित स्रस्टाको बारेमा र मधुपर्कको साहित्यिक योगदानका बारे चर्चा गर्नुभएको थियो । सम्मानित स्रस्टा, प्रमुख र बिशिस्ट अतिथि सबैले मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले विभिन्न बिशेशाङक निकालेर मधुपर्कलाई अझ उचाइमा पुर्‍याउने काम गरेकोमा खुलेर प्रसंशा गर्दै धन्यवाद दिनुभएको थियो । सम्पादक वाग्ले कार्यक्रमको अध्यक्ष र कार्यक्रम सञ्चालन सहसम्पादक लक्ष्मी उप्रेतीले गर्नुभएको कार्यक्रममा साहित्यकारको उल्लेख्य उपस्तिथि रहेको थियो ।