प्रीय प्रकृति,
शालिन दिब्यताको मुहान,
मौनताले सम्राज्य जितेर
बनाएको छौ पहिचान,
खुलेर हृदयको चेतना
आकाश गंगासरी,
प्राण भर्दछौ जगतमा,
समयचक्रको सुक्ष्म
अमृतमय लहरा छरी ।।
शाश्वत सत्यको अलौकिक
नमुना,
लुकाएर परिचय धर्तिको
गर्भमा,
स्मृतिमा कैद सुन्दर
चित्र,
जल र थलमा देखिन्छन्,
मनोहर दृश्य बिचित्र ।।
कहाँबाट शुरु भयौ,
कहाँ छ अन्त्य,
कर्मशिलता र श्रमले
फैलाएको छौ
निरन्तर अस्तित्वको दृश्य !!
झट्ट हेर्दा देखिन्न
बाहिरबाट केही,
तर भरेको छौ प्राण
पवन बनी जगत भरी ।।
प्रेमको वर्सातले धर्ती सजाई,
जल, थल र जिवनको
रक्षा गरि,
सुनौला किरणले
धर्ती रंगाई,
इन्द्रेणी लहरले मुहार सजाई,
बसेको छौ कतै लुप्त भइ
त कतै छौ पुस्प बनेर सुगन्ध छरी ।।
तिम्रो सृष्टि सारै अचम्मको,
कहिँ अजंगको पहाड त
कहिँ घना जंगल भरी,
पंक्षिहरुको रंगले
संसार नै दंग,
मयुरको नाचले
भरीएको छ उमंग,
सुर्यमुखी झनै
सुर्यको साथी,
कविहरुको कलमको
तिमी हौ साक्षी ,
प्रिय प्रकृति,
तिमी ज्ञानको बिशाल स्रोत,
तिम्रो काखभित्र छन्
सारा प्राणीसँगै
वनस्पतिको पुर्ण जीवन चक्र ।।
तिम्रो तलाउ भित्रै फुल्छन,
इन्द्रकमल फुल,
तिम्रो पहरामै फुल्छन,
सुवासिला सुनगाभाका
सुन्दर लहरा ।।
सुशिला शर्मा “शिलु”