काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेसँगै दुई देशको सैन्य शक्तिबारे चर्चा सुरु भएको छ ।
भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झन्डै १.५ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन्। यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको सङ्ख्या २६४ छ।
भारतीय सेनाका तीनवटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन्। तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर छन्।
त्यसबाहेक भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल छ।
ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झन्डै १३।११ लाख सैनिक, १।२४ लाख नौसैनिक र ७८ हजार वायुसेना छन्।
पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका, ६४ यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू छन्।
यसमा २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट छन्।
पाकिस्तानी नौसेनासँग नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज छन्।
अन्य क्षमताका हिसाबले पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन्। यसबाहेक उसको २ लाख ६४ हजार किलोमिटर सडक र ११।९ हजार किलोमिटर रेलवे सञ्जाल छ। बीबीसीको सहयोगमा

