Breaking News

तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु

बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार बुधबार बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ।