काठमाडौँ । काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बौद्ध घर भएका एक जना पुरुष बुधवार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्– ‘बुधवार साँझ ८ बजेतिर लुटिएको रहेछ, संलग्नहरूबारे अनुसन्धान हुँदैछ ।’ प्रहरीले पीडितको पहिचान सार्वजनिक गरेको छैन ।