“कविता” !!
जुगौंदेखी साहित्य प्रेमिहरुको मनमा
फुलेको तिमी,
अक्षरहरुको माला बनेर,
सजाएको छेउ धर्तिको
प्रत्येक कन्दरा नै
बहुमुल्य आभुषण बनेर ।।
कतिको हृदयको आवाज बनेउ,
कतिको आँखाको दृस्टी बनेउ,
कतिको मन भुलाउने चौतारी बनेउ,
कतिको सुख र दुखको साक्षी
बनेर दुबै भावलाई प्रस्तुत गरीदिने
आँशुको लहर बन्यौ ।।
कविता,
तिमी निराकार छौ,
जहाँ पनि बस्न सक्ने,
तिमी कल्पनाको विशाल सागर हौ,
भावको ब्रह्माण्ड नै डुबाउन सक्ने!!
तिमी सुन्दर कल्पनाको फुल हौ,
मनको देवतामा अर्पण गर्न सकिने,
तिमी प्रकृतिको अमुल्य उपहार हौ,
सृष्टिमा सृजना फुलाउन सकिने ।।
तिमी भित्र अट्छन,
जन्म देखि मृत्यु सम्मका
सबै रागहरु,
तिमी भित्र नै छन,
जहाँ सुकै बसेर स्वर्गतुल्य
महशुस गराउन सक्ने,
कल्प महासागरहरु ।।
तिमिसँगको प्रेमको छैन कुनै अन्त्य,
तिमी भित्र नै छन,
साँचो जिवनको अर्थहरु,
जहाँ फुल्दछ्न,
एकान्तलाई परास्त गर्ने अबिनाशी
सुन्दर फुलहरु,
तिमी भित्र रहेका अक्षर पुन्जले नै
धर्तिमा चेतनाको बिज रोप्दछ,
बुझ्ने हृदयलाई
यहीँबाट अग्लो सगरमाथा सम्म
यात्रा गराउँदछ ।
तिम्रो बाटिकामा अटेको छ
सारा जगत,
तिमिले दिएको समय हुदैँन कहिले फगत ।।
त्यसैले त साहित्य आकाशको
तिमी त्यो सुन्दर फुल हौ,
जसलाई एउटा सौम्य हृदयले
जिवनको जुनै स्थान र अवस्थामा मा पनि
सजाउन सक्दछ ।।