१६ चैत, काठमाडौं । हिजो भएको राजावादीको हिंसात्मक आन्दोलनबाट जनधनको क्षतिका साथै भौतिक संरचनामा आगलागी भएपछि सत्तारुढ दल नेपाली कांग्रेस आज बसेको बैठकले तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ ।
शनिबारपार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।